PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बंगलादेशका संस्थापक बंगबन्धुको जीवनीमा फिल्म निर्माण सुरु



बंगलादेशका संस्थापक बंगबन्धुको जीवनीमा फिल्म निर्माण सुरु
Photo : The Independent

बंगलादेशका संस्थापक तथा प्रथम राष्ट्रपति शेख मुजीबर रहमानको जीवनीमा भारतमा फिल्म निर्माण सुरु भएको छ। भारत र बंगलादेश सरकारको संयुक्त प्रयासमा यो फिल्म निर्माण भइरहेको हो।

फिल्म निर्देशक श्याम बेनेगलले मुम्बईमा फिल्म 'बंगबंधु'को सुटिङ सुरु गरिसकेका छन्।  फिल्मको सुटिङ गतवर्ष मार्च महिनामै बंगलादेशमा शुरु हुने बताइएको थियो। तर कोरोना संक्रमणका कारण रोकिएको फिल्मको सुटिङ अब भने मुम्बईमा नै हुने भएको हो। फिल्मको पहिलो चरणको सुटिङ मुम्बईमा हुनेछ भने बाँकी छायांकन बंगलादेशमा नै गरिनेछ।

फिल्म बंगबन्धुको घोषणा भारतको गोवामा ५१ औँ इन्टरनेश्नल फिल्म फेस्टिवल अफ इन्डिया को ओपनिंङ सेरेमोनीमा गरिएको थियो। भारतका सूचना र प्रसारण मन्त्रीप्रकाश जावडेकर फिल्म निर्माणको घोषणा गरेका थिए।

बंगलादेशी अभिनेता अरिफिन शुवू यस फिल्ममा शेखमुजीबुर रहमानको भूमिकामा देखिनेछन्। रहमानकी श्रीमतीको पात्र भने नुसरत इमरोज तिशाले निभाउदैछिन। छोरी शेख हसीनाको रुपमा नुसरत फरियालाई लिइएको छ। फिल्मको कथा अतुल तिवारी र शमा जैदीले लेखेका हुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell