PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चीनमा सुन खानी भित्र फसेको दुई हप्तापछि ९ मजदुरको उद्धार



चीनमा सुन खानी भित्र फसेको दुई हप्तापछि ९ मजदुरको उद्धार
Photo : CCTV

चीनको एक खानीमा फसेको दुई हप्तापछि ९ जना मजदुरको उद्धार गरिएको छ। करिब ६०० मिटरमुनी रहेका उनीहरुलाई उद्धार गरिएको हो। खानीमा फसेका मजदुरहरुलाई सानो टनेल बनाएर खाना, औषधि र टेलिफोन सेवा उपलब्ध गराइएको थियो।

जनवरी १० मा सुन खानीमा भएको विस्फोटका कारण टनेल बन्द भएपछि कामदारहरु भित्रै फसेका थिए। उक्त घटनामा ११ जना कामदार बचेका थिए भने एक जनाको मृत्यु भएको थियो।

सुन खानीमा विस्फोट हुनुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

अझै मजदुरहरुलाई उद्धार गर्ने कार्य जारी रहेको बताइएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell