PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रचण्ड-नेपाल र ओली समूहमा विभाजित भएको नेकपालाई निर्वाचन आयोगले दिएन कानुनी मान्यता



प्रचण्ड-नेपाल र ओली समूहमा विभाजित भएको नेकपालाई निर्वाचन आयोगले दिएन कानुनी मान्यता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन घोषणालाई निर्वाचन अयोगले अस्वीकार गरेको छ।

पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल र केपी शर्मा ‌ओली समूहले निवार्चन आयोगमा पार्टी अलग भइसकेको भन्दै दाबी पेश गरेका थिए। दुवै समूहरुले ले व्यवहारिक रुपमा पार्टी अलग भइसकेको र कानुनी मान्यतामात्रै पाउन बांकी रहेको बताइरहँदा आयोगले दुबैको दाबी खारेज गर्दै नेकपाको पुरानै व्यवस्थालाई मान्यता दिएको हो।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको हो।

प्रधानमन्त्री ओली र प्रचण्ड- नेपाल समूहले पार्टी विभाजन भएको भन्दै आधिकारिक पार्टीका लागि दिएको निवेदनलाई आयोगले मान्यता नदिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 'आफूले गरेको निर्णय आधिकारिक हो भनि उहाँहरुले गरेको दाबीलाई संशोधन गर्न सकिएन र साबिककै विवरण कायम रहेको निर्णय भएको छ।,' प्रवक्ता श्रेष्ठले भने।

आयोगले गरेको निर्णयको लिखित जानकारी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पठाउने तयारी भएको छ।

आयोगको यो निर्णयसँगै औपचारिक रुपमा नेकपा अझै एकै मानिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell