PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै प्रचण्ड माधवको नेकपा



संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै प्रचण्ड माधवको नेकपा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले सरकारविरुद्ध थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दैछ। सोमवार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट केन्द्रीय संघर्ष समितिले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेको बताइएको छ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएसँगै सडकमा ओर्लेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले विभिन्न चरणको आन्दोलन गरिसकेको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई मुख्य मुद्दा बनाए पनि नेताहरुबीच गालीगलौच जारी छ। पार्टीमा गरिएको आधिकारिकताको दाबीलाई निर्वाचन आयोगले कानुनी मान्यता दिएको छैन भने विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाई जारी छ।

यस्तो अवस्थामा नेकपाका दुबै पक्षले दिनहुँजसो विभिन्न स्थानमा भेला, सभा आयोजना जारी राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell