PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भारतीय मिडियाको दाबी : चिनियाँ सेनाले सिक्किममा 'घुसपैठ' गरेपछि मुठभेड



 भारतीय मिडियाको दाबी : चिनियाँ सेनाले सिक्किममा 'घुसपैठ' गरेपछि मुठभेड
Photo : Bhaskar

भारतीय र चिनियाँ सेनाबीच फेरि सीमा क्षेत्रमा झडप भएको छ। ३ दिन अघि सिक्किमको नाकुलामा दुई देशका सेनाबीच झडप भएको भारतीय संचारमाध्यमको दाबी छ। सीमा क्षेत्रमा चिनियाँ सेनाले 'घुसपैठ गर्न लाग्दा' भारतीय सेनाले रोकेको र विवाद बढ्दै जाँदा मुठभेड भएको दाबी गरिएको छ।

भारतीय अधिकारीहरुले झडपका क्रममा २० चिनियाँ सैनिक घाइते भएको दाबी गरेका छन्। यस्तै, ४ भारतीय सैनिक समेत घाइते भएको बताइएको छ। हाल अवस्था नियन्त्रणमा आइसकेको बताइएको छ। चीनले भने यस विषय केही सार्वजनिक गरेको छैन। 

केही महिनाअघि भारत र चीनबीच गलवान उपत्यकामा झडप भएको थियो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell