PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाइडेन प्रशासनको प्राथमिकता बारे नेपाली नेताहरुसँग छलफल गर्दै अमेरिकी राजदूत, प्रचण्ड र देउवासँग भेट



बाइडेन प्रशासनको प्राथमिकता बारे नेपाली नेताहरुसँग छलफल गर्दै अमेरिकी राजदूत, प्रचण्ड र देउवासँग भेट

काठमाडौं : जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको सक्रियता बढेको छ।

सोमबार बेरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। बाइडेन प्रशासनको विश्वव्यापी प्राथममिकतहरुका बारेमा नेपाली राजनीतिक नेतृत्वसँग छलफल गर्ने क्रममा बेरीले प्रचण्ड र देउवासँग भेटेको अमेरिकी राजदूतावासले जनाएको छ।

प्रतिनिधिसभा विघटन भएर दलहरु आन्दोलनमा रहेको बेला प्रचण्ड र देउवालाई भेटेर बेरीले लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धता व्यक्त गरेका छन्।

नयाँ राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक...

Posted by U.S. Embassy, Nepal on Monday, January 25, 2021

केही दिनअघि मात्रै बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बाइडेन प्रशासनको प्राथमिकताका बारेमा जानकारी दिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell