PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काँग्रेस केन्द्रीय समिति बस्दै, सडक आन्दोलनबारे के होला निर्णय?



काँग्रेस केन्द्रीय समिति बस्दै, सडक आन्दोलनबारे के होला निर्णय?

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।  पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न सकेन। उक्त दिन डाकिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते मंगलबार दिनको १ बजे बस्ने भएको छ,' काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको हो। यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, सम्पूर्ण स्थानीय तह र वडा तहमा सरकारको कदमको विरोध गरिसकेको छ।

काँग्रेसले औपचारिक रुपमा प्रतिनिधि सभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन। सभापति शेरबहादुर देउवा अदालतमा विचाराधीन मुद्दामा काँग्रेसले नबोल्ने परम्परा रहेको बताउँदै आएका छन् भने उनी इतरका नेताहरुले अदालतलाई दबाव दिनुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनै पर्ने अडानमा रहेका छन्। आजको केन्द्रीय समितिमा सडक आन्दोलन चर्काउने विषयमा छलफल चल्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell