PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

दलहरुको विरोधका बावजुद निर्वाचन आयोगको अन्तर्क्रिया कार्यक्रम, १२ दलमध्ये २ को मात्र सहभागिता



सुमित मिश्र

दलहरुको विरोधका बावजुद निर्वाचन आयोगको अन्तर्क्रिया कार्यक्रम, १२ दलमध्ये २ को मात्र सहभागिता

जनकपुरधाम : प्रतिनिधिसभा विघठनपछि सरकारले वैशाखमा हुने आगामी चुनावका लागि निर्वाचन आयोगलाई तयारीमा जुट्न निर्देशन दिएसँगै आयोगले तयारी थालेको छ। वैशाखमा हुने आगामी निर्वाचनका लागि धनुषामा कडा सुरक्षाका बीच जिल्ला निर्वाचन कार्यालयले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मंगलवार जिल्ला निर्वाचन कार्यालय धनुषाद्वारा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रमको क्रियाकलाप सञ्चालन हुने सम्बन्धमा जानकारी दिने उद्देश्यले अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। उक्त अन्तर्क्रिया कार्यक्रममा दलहरुले विरोध जनाएका छन्।

सो कार्यक्रममा पछिल्लो निर्वाचनमा सहभागिता जनाएका १२ वटा दलमध्ये नेपाली कांग्रेस र जनमत पार्टी बाहेक कुनैपनि दलले सहभागिता जनाएनन्। आगामी वैशाखमा हुने निर्वाचनको विरोधमा रहेका जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहले निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रमको कडा रुपमा विरोध गरेका हुन्।

जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले कार्यक्रम बारे आफूलाई जानकारी भएपनि आफूहरु निर्वाचनको विरोधमा रहेको कारण सहभागिता नजनाएको जानकारी दिए।

त्यस्तै, नेकपाको प्रचण्ड-नेपाल समूहका दिपक यादवले भने, ‘हामी निर्वाचन सम्बन्धी हरेक कार्यक्रमको विरोध गर्नेछौँ। त्यसैले आजको कार्यक्रममा आफूहरुको सहभागिता रहेन।’

निर्वाचन आयोगको कार्यक्रम शुरु

आगामी वैशाख १७ गतेदेखि हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याधिकको काम माघ १५ गतेदेखि शुरु गर्न लागेको छ।

माघ २१ गतेसम्म स्थानीय स्तरबाट सञ्चालन हुने सो कार्यक्रमका लागि स्थानीय तहबाट सहायक मतदाता अधिकारीको रुपमा खटाई मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झाले जानकारी दिइन्।

उनले भनिन्, ‘मतदाता नामावलीमा नाम, ठेगाना त्रुटि भएको, दोहोरो नाम भएको, मृत्यु भइसकेका वा बसाई सराई भएको सच्याउने कार्य अद्यावधिक कार्यक्रम अन्तर्गत हुनेछ।’

स्थानीय तहबाट सहायक मतदाता अधिकारीबाट सिफारिस भएर आएकाहरुको त्रुटि आयोगद्वारा सच्याई अन्तिम नामावली माघ २६ गते र दोहोरो नामावली सच्याइएको सहित फागुन २ गतेसम्म प्रकाशन हुने झाले जानकारी दिइन्।

कार्यक्रम अनुसार माघ १५ गते मतदाता नामावली प्रकाशन, १६ देखि १८ गतेसम्म त्रुटि सच्याउने, दोहोरो नामावली, मृत्यु भएका वा नागरिकता त्याग गरेका वा झुट्ठा विवरण पेश गरी मतदाता बनेको लगायतका प्रमाणसहित निवेदन लिइने झाले बताइन्।

सो निवेदनमाथि छानबिन गरी १९ गते आरोपितलाई सफाईको मौका दिइने, २० गते सो विवरण जिल्ला प्रमुख मतदाता अधिकारी समक्ष स्थानीय तहबाट पेश गरिने र ती सबै निवेदन विरुद्ध जाँचबुझ गरी माघ २६ गते अन्तिम नामावली प्रकाशन गरिने उनले बताए।

६ हजार भन्दा बढी मतदाता थपियो

आगामी वैशाख महिनामा हुने निर्वाचनका लागि पछिल्लो निर्वाचनभन्दा धनुषामा ६ हजार ४ सय ७२ जना मतदाता थपिएका छन्।

पछिल्लो पटक २०७४ मा जिल्लामा ४ लाख ४ हजार ६ सय ७४ मतदाता रहेकोमा अब मतदाता संख्या ४ लाख ११ हजार १ सय ४६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell