PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा



सुमित मिश्र

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

जनकपुरधाम : जनकपुरधामस्थित यातायात कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। यातायात कार्यालय जनकपुरमा घुसवापतको मोटो रकम रहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले अपरान्ह ४ बजेदेखि नै कार्यालयमा छापा जारी राखेको छ।

अपरान्ह ४ बजे नै कार्यालय पसेका अख्तियारको टोली अझै पनि कार्यालय भित्रै छ। अख्तियार कार्यालय बर्दिवासका कर्मचारीका अनुसार छापा हान्ने क्रम अझै जारी रहेको छ भने अझै समय लाग्न सक्ने अनुमान गरिएको छ।

अख्तियारको टोली कार्यालय पसेपछि कर्मचारीहरु पनि भाग्न खोजेका थिए। टोलीले अहिले कर्मचारीहरुलाई पनि कार्यालयभित्रै थुनेर राखेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित यातायात कार्यालयमा अख्तियारको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दैछ भने बाहिरबाट प्रहरीले कार्यालयको मुख्यद्वारमा आवतजावत बन्द गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell