PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गणतन्त्र दिवसका दिन दिल्लीमा ‘किसान क्रान्ति कि घुसपैठ’ : लाल किल्लालाई ट्रयाक्टरले घेरियो



गणतन्त्र दिवसका दिन दिल्लीमा ‘किसान क्रान्ति कि घुसपैठ’ : लाल किल्लालाई ट्रयाक्टरले घेरियो
Photo : ANI

मंगलबार भारतको राजधानीमा किसानहरुले ट्रयाक्टर र्‍याली निकाले। कृषि कानुनको विरोधमा रहेका किसानले नरेन्द्र मोदी सरकारलाई दबाब दिनका लागि दिल्ली केन्द्रीत आन्दोलन गरेका हुन्। जस अन्तर्गत तय भएको रुटभन्दा बाहिर गएर किसान दिल्लीको लाल किल्ला पुगे। सिंघु बोर्डरबाट आएका किसानले लाल किल्लालाई कब्जा गर्ने प्रयास गरेको भारतीय संचार माध्यमले जनाएको छ। त्यसक्रममा प्रहरी र किसानबीच मुठभेड समेत भयो। प्रदर्शनका क्रममा ८० भन्दा बढी प्रहरी घाइते भएको र कयौं किसान समेत घाइते भएका छन्। एक घण्टाभन्दा बढी प्रहरी र किसानबीच झडप भएको थियो।

हजारौंको संख्यामा रहेका किसानले लाल किल्लामा गएर तोडफोड गरेको र धार्मिक ध्वज फहराएका थिए। केही संचारमाध्यम र सामाजिक संजालमा भने किसानले राष्ट्रिय झण्डाको सट्टा खालिस्तानको झण्डा फहराएको दाबी गरेका थिए। बलिउड अभिनेत्री कंगना रनावतले समेत किसानविरुद्ध ट्वीत गरेकी थिइन्। अल्ट न्यूजको अनुसन्धानमा भने उक्त दाबी असत्य भएको पाइएको छ।  

केही संचारमाध्यमले यसलाई जनवरी ६ मा अमेरिकी सदनमा भएको आक्रमणसँग तुलना समेत गरेका छन्।

भारतले जनवरी २६ मा गणतन्त्र दिवस मनाइरहँदा किसानले देशभर प्रदर्शन चर्काएका थिए। यसबीच दिल्लीमा यो घटना घटेको हो। दिल्लीमा दंगा फैलाउन किसानभन्दा ‘सिख फर जस्टिस’का सदस्यहरु सक्रिय रहेको अनुमान समेत गरिएको छ। किसान अगुवाका साथै भारतीय कांग्रेसले आन्दोलनमा घुसपैठ भएको दाबी समेत गरेका छन्। प्रहरीले प्रदर्शनका क्रममा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान समेत सुरु गरेको छ।

आज भएको घटनालाई केहीले ‘किसान क्रान्ति’ को संज्ञा दिएक छन्। प्रहरीले हाल अवस्था सामान्य भएपनि प्रदर्शाकारीहरुलाई निश्चित रुटमा फर्कन आग्रह गरेको छ।

रातिको समयसम्मपनि लाल किल्लालाई किसानले घेरेर बसेका छन्। उनीहरुले बाटोमा ट्रयाक्टर राखेर प्रदर्शन गरिरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell