PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोनाका कारण १ लाखभन्दा बढीको मृत्यु हुने पाँचौ देश बन्यो बेलायत



कोरोनाका कारण १ लाखभन्दा बढीको मृत्यु हुने पाँचौ देश बन्यो बेलायत
Photo :Justin Setterfield / Getty Images

बेलायतमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। पछिल्लो २८ दिनमा १ हजार ६३१ जना मृतक थपिएसँगै बेलायतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १६२ पुगेको हो।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख नाघ्ने बेलायत युरोपको पहिलो राष्ट्र हो। हालसम्म विश्वमा अमेरिका,भारत, ब्राजिल र मेक्सिकोमा १ लाखभन्दा बढी मृत्यु पुष्टि भइसकेको छ।

पछिल्लो केहीदिनयता बेलायतमा संक्रमित र मृतकको संख्या बढ्दै गएको छ। कोरोनाको नयाँ ‘भेरियन्ट’का कारण बेलायतभर फेरि स्वास्थ्य सतर्कताका साथै प्रतिबन्धहरु लागू गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell