PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’



सुमित मिश्र

प्रदेश २ मा कोरोनाविरुद्धको खोप : कानुनमन्त्री यादवले लिए पहिलो ‘डोज’

जनकपुरधाम : प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ। आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन्। मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए।

कानुन मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा प्रमोद यादवले कोरोनाविरुद्धको खोप लिएका छन् भने बाँकी स्वास्थ्यकर्मी, सरसफाइकर्मीहरुले खोप लिन शुरु गरेका छन्।

खोप लिएपछि मन्त्री यादवले खोप लिनुपूर्व र लिएपछि शरीरमा कुनै किसिमको फरक नपरेको बताए। उनले खोप विरुद्धको विभिन्न अफवाहहरु रहेकोमा त्यसलाई चिर्न आफूले पहिले भ्याक्सिन लिएको बताए।

यस्तै, खोप अभियानमा मुख्यमन्त्री लालबाबु राउत वीरगंजस्थित नारायणी अस्पताल, र समाजिक विकास मन्त्री नवलकिशोर साह गजेन्द्र नारायण सिंह अस्पताल राजविराजबाट खोप अभियानमा सहभागी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell