PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सहिदले देखाएको बाटोमा नहिँड्दा अझै आन्दोलनमा होमिनुपरेको छ : रामचन्द्र पौडेल



सहिदले देखाएको बाटोमा नहिँड्दा अझै आन्दोलनमा होमिनुपरेको छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले १०४ वर्षे राणा शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत नेपाली जनता आन्दोलनमा होमिनपर्ने अवस्थामा रहेको बताएका छन्। शुक्रवार सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।

पौडेलले सहिदले देखाएको बाटोमा हिँड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन नसकेको बताए। '१०४ वर्षे शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदासमेत शहीदहरूले देखाएको बाटोमा हिड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन सकेको छैन,' पौडेलले थप भनेका छन्, 'यिनै महान शहिदहरूको बलिदानले मार्गदर्शन गरेको बाटोमा आज पनि हिड्न पर्ने भएको छ। सात दशकको अथक प्रयासबाट निर्मित (संविधानसभाबाट प्राप्त) संविधानको रक्षा र नागरिक स्वतन्त्रताका लागि आजपनि आन्दोलनमा होमिनु परेको छ।'

देश र जनताको मुक्तिका लागि आफ्नो प्राण दिने महान वीरहरुमा सलाम अर्पण गर्दै उनले सहिदको देनबाटै प्रजातन्त्र प्राप्त भएको बताएका छन्।

मुलुक र जनतालाई राणा शासन (तानाशाह) बाट मुक्त गर्ने आन्दोलनको नेतृत्व गरे बापत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई १९९७ साल माघ १०/१३/१६ गते राणाशाहीद्वारा मृत्यु दण्ड दिइएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell