PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गगन थापालाई मेयर शाक्यको पत्र : कमलपोखरीमा केके विकास गर्नुभयो विवरण उपलब्ध गराउनुस्



गगन थापालाई मेयर शाक्यको पत्र : कमलपोखरीमा केके विकास गर्नुभयो विवरण उपलब्ध गराउनुस्

काठमाडौँ : कमलपोखरी पुनर्निर्माणको सन्दर्भमा काठमाडौँ मानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले विघटित प्रतिनिधिसभाका सांसद गगन कुमार थापालाई पत्र लेखेका छन्।

कमलपोखरीको विकास तथा सुधारका लागि थापाले गरेका कार्यको विवरण उपलब्ध गराउन भन्दै शाक्यले पत्र पठाएका हुन्। काठमाडौं महानगरपालिकाले कमलपोखरीको काम सुरु गर्नुअघि गगन थापाले कमलपोखरी पुनर्निर्माण कार्यलाई अघि बढाएका थिए। त्यसक्रममा करिब ४ करोड खर्च भइसकेको स्थानीय बताउँछन्।

अभियन्ताहरुले कमलपोखरी सुकारएर क्रंक्रिटको प्रयोग गरेको भन्दै विरोध जनाएपछि थापाले पनि हाललाई पोखरीको काम रोकेर समवन्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

शाक्यले भने पत्रमा २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइनबारे थापासँग पनि पटक पटक छलफल भएको र त्यही डिजाइन नै कार्यान्वयनमा आएको उल्लेख गरेका छन्। पोखरीको विकास तथा सुधारमा थापाले विगतमा धेरै कार्यहरु गरेको भन्दै शाक्यले कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराउन अनुरोध गरेका हुन्।

प्रमुख शाक्यले आफूहरुले कमलपोखरीको महत्व जोगाएर पुनर्निर्माण गर्ने भन्दै भने, ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ। कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ। काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौँ।’

उनले कमलपोखरी पुर्ननिर्माणका क्रममा आसपासका भौतिक संरचना हटाइएको हुँदा पोखरीको क्षेत्रफल अझ बढेको बताए। साथै मौलिकता झल्किने गरी सम्पदाको संरक्षण गर्दै कला संस्कृतिलाई जोड्ने समेत शाक्यले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell