PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दिल्लीमा इजरायली दूतावास बाहिर विस्फोट, राजदूतले भने, ‘सबै सुरक्षित छौं’



दिल्लीमा इजरायली दूतावास बाहिर विस्फोट, राजदूतले भने, ‘सबै सुरक्षित छौं’
Photo : ANI

भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षित मानिएको राजदूतावासहरु रहेको क्षेत्रमा विस्फोट भएको छ। इजरायली राजदूतावास बाहिर शुक्रवार विस्फोट भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

विस्फोटमा केही कारहरुमा क्षति पुगेको छ। भारत र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको आज २९ वर्ष पूरा भएको छ। त्यही भएर इजरालयी दूतावास लक्षित विस्फोट गराइएको हुन सक्ने अधिकारीहरुले बताएका छन्।

भारतका लागि इजरायली राजदूत रन मल्काले राजदूतावासभित्र सबैजना सुरक्षित रहेको बताएका छन्। विस्फोटपछि दूतावास ‘हाइ अलर्ट’ मा भएको भन्दै दिल्ली प्रहरी र भारतीय विदेश मन्त्रालयसँग सम्पर्कमा रहेको उनले बताएका छन्।

विस्फोटपछि दूतावास क्षेत्रमा सुरक्षा बढाइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell