PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जुन जुन बेला संसद विघटन भयो, त्यो बेला मुलुक संकटमा परेको छ : रामचन्द्र पौडेल



जुन जुन बेला संसद विघटन भयो, त्यो बेला मुलुक संकटमा परेको छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुन जुन बेलामा प्रधानमन्त्रीले संसद विघटन गरे त्यो बेलामा मुलुक संकटमा परेको बताएका छन्। उनले २०५१ र २०५९ सालमा संसद विघटन हुँदा मुलुकमा संकट परेको बताए।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको स्पष्ट अडान संसद पुनर्स्थापना नै भएको बताए। काभ्रेको कुन्तावेसीमा आयोजित कार्यक्रममा पौडेलले हरेक पटकको संसद विघटनले मुलुकलाई संकटमा धकेलेको तर संसद विघटन गर्ने कदम फिर्ताले मुलुकको संकटलाई निकास दिएको बताए।

उनले २०५१ सालपछि संसद पुनर्स्थापना हुँदा पनि निकास पाएको र २०५९ सालमा पनि कांग्रेसले आन्दोलनबाट पुनर्स्थापित संसदले निकास दिएको स्मरण गरे। नेपाली कांग्रेस स्पष्ट रूपमा संसद पुनर्स्थापनाको एजेन्डामा अगाडि बढेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell