PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साउदी अरबले थप्यो यात्रा प्रतिबन्ध अवधि



साउदी अरबले थप्यो यात्रा प्रतिबन्ध अवधि

रियाद: साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरि लम्ब्याएको छ। साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो।

नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन्। कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले समयावधि थप गरेको हो।    

साउदीमा नागरिकलाई देशभित्रै पनि यात्रा गर्न, सामुद्रिक क्षेत्रमा जान, हवाइ तथा स्थल मार्गमार्फत सिमानाभन्दा बाहिर आवतजावत गर्न अघिल्लो वर्षको मार्च १३ देखि नै प्रतिवन्ध लगाइएको हो। कोरोनाविरुद्धको खोप ल्याउन ढिलाइ भएकाले यात्रा प्रतिवन्धको अवधि पनि लम्ब्याउनु परेको साउदीको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।    

साउदी अरबमा शुक्रबार मात्रै थप २६७ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले जनाएका छन्। सोही अवधिमा दुई जनाको मृत्यु भएको छ। योसँगै साउदीमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ६ हजार ३६८ जनाको मृत्यु भएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell