PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आधिकारिकता दाबी गर्न नेकपा प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने



आधिकारिकता दाबी गर्न नेकपा प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह आधिकारिकता दाबी गर्दै फेरि निर्वाचन आयोग जाने भएको छ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहमा विभाजित भएको नेकपालाई निर्वाचन आयोगले मान्यता दिएको थिएन।

प्रचण्ड नेपाल समूहले पार्टी विभाजन र आधिकरिकताका लागि आफूहरुसँग बहुमत केन्द्रिय सदस्य रहेको दाबी गर्दै आएको छ। तर निर्वाचन आयोजनले उनीहरुको दाबी खारेज गरेको थियो। त्यसैले प्रचण्ड नेपाल समूह पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने तयारीमा जुटेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए। केन्द्रिय कमिटी बैठकको भेलाले उक्त निर्णय गरेको उनले बताए।

३ सय भन्द बढी केन्द्रिय कमिटी सदस्यहरु आफै निर्वाचन आयोगमा उपस्थित हुने गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell