PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

काठमाडौंमा कति छन् सक्रिय कोरोना संक्रमित ?



काठमाडौंमा कति छन् सक्रिय कोरोना संक्रमित ?

काठमाडौं : कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गइरहेको छ। नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। योसँगै सक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ।

सबैभन्दा बढी संक्रमित रहेको काठमाडौंमा आज ८५ जना नयाँ संक्रमित थपिए। काठमाडौंमा १ लाख १५ जना १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ललितपुरमा हालसम्म १६ हजार ३५ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ९२२२  जनामा संक्रमण देखिएको छ।

काठमाडौं उपत्यकामा अझै १ हजार ५५५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा अहिले १ हजार ४६४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। अहिले ललितपुरमा ७६ र भक्तपुरमा १५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

हालसम्म काठमाडौंमा ४९९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ११५ जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell