PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

आफूलाई मधेस विरोधी भन्नेहरुलाई ओलीको चुनौती ‘म त हिँड्छु मेरै बाटो तिमी खुट्टा तान्दै गर’



सुमित मिश्र

आफूलाई मधेस विरोधी भन्नेहरुलाई ओलीको चुनौती ‘म त हिँड्छु मेरै बाटो तिमी खुट्टा तान्दै गर’
Prime Minister's Press Advisor

ढल्केबर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधीका रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको बताएका छन्। धनुषाको ढल्केबरमा निर्मित देशकै सबैभन्दा बढी क्षमता भएको विद्युत सबस्टेशनको उदघाटन समारोहमा ओलीले देश विकासको संकल्प लिएर अगाडी बढिरहेको भएपनि आफूलाई मधेस बिरोधी भन्दै हल्ला फैलाइएको बताएका हुन्।

ओलीले आफू मधेसको विकास र समृद्धिको पक्षमा रहेको भन्दै आफूले जति मधेसमा विकास कसैले गरेको दाबी गरे।

‘मलाई मधेस बिरोधी भन्नेहरुलाई चुनौती दिन चाहन्छु, मैले मधेसमा गरेजतिको विकास कोही गरेर देखाउनुस।’ ओलीले भने ‘आफूलाई मधेस विरोधी भन्ने नेताहरुलाई डुमको छोरा वा चमारको छोरालाई काँधमा बोकेर हिँडेको देख्नु भएको छ?, मधेस प्रेमी हुनुहुन्छ भने काँधमा उठाएर देखाउनुस।’

विरोधीहरुले खोक्रा नारा लगाएर नहुन भन्दै उनले प्रश्न गरे ‘मधेसका सडकहरु अस्तव्यस्त थिए, ढल थिएन, कसैले निर्माण गर्न रोक्या थियो र ? मधेस विरोधी केपी ओली भन्ने अनि बाटो ओलीले बनाइ दिने,? ढल ओलीले बनाई दिने,? तैपनि हामीले तराईमा धेरै किलोमिटर ढल निर्माण गरिसकेका छौ। जनकपुरधाममा पनि ढल विकास भएको होला।’उनले थप्दै भने ‘ कुनैबेला जनकपुरधामबाट ढल्केबर २ घण्टामा म पुगेको छु। गाडीमा बसेर हिँड्दा पनि टाउको फुटिएला भन्ने डरले हेलमेट लगाएर हिन्ने अवस्था थियो। त्यस अवस्थाबाट अहिलेको अवस्थामा हेर्दा मोटरसाइकल चलाउने भाइ बहिनीहरु हेण्डल नसमाति कनै मोटरसाइकल चलाउन सक्छन्।’

कृषि आधुनिकिकरणमा जोड

मधेसको विकासका लागि कृषि आधुनिकिकरणमा सरकारले जोड दिए प्रधानमन्त्री ओलीले बताए। हरेक खेतमा सिंचाई सुविधा पुर्‍याउनका लागि कोशीको पानी तराई झार्दै गरेको उनले बताए।

भने ‘खेत खेतमा सिंचाईको सुविधाका लागि पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याउँदैछौ। देश विकासको संकल्प लिएर अगाडी बढिरहेका छौ। म त हिँड्छु मेरै बाटो तिमी खुट्टा तान्दै गर।’

विद्युत किन्ने हैन बेच्ने

प्रधानमन्त्री ओलीले नेपालले केही वर्षभित्रै बिजुली निर्यात गर्ने बताए। वि सं २०७९/८० सम्म भारत, बंगलादेश लगायतका देशलाई बिजुली बेच्ने तयारीमा रहेको ओलीले दाबी गरे।

भने ‘अब हामीले अर्को मुलुकबाट विद्युत आयात गर्नुपर्दैन। अब हाम्रो विद्युत बेच्ने दिन आइसकेको छ्। चाँडै हामी भारत, बंगलादेशलाई विद्युत बेच्छौ। अहिले यी देशसँग विद्युत बिक्री सम्बन्धमा गम्भीर छलफल चलाइरहेका छौ।’

फरक पर्दैन

नेकपाको दुई पक्षबीचको विवादलाई लिएर प्रधानमन्त्री ओलीले ३ करोड मध्ये २-४ जना जाँदैमा खासै फरक नपर्ने बताए। सम्बोधन गर्दै उनले आफूलाई छोडेर गएकाहरु पार्टी भित्रहुँदा पनि उपद्रव नै मचाएको बताए। पार्टी छोडेर गएकाहरुले पार्टीमा रहँदा सरकारको खुट्टा तान्नु बाहेक अरु केही नगरेको उनको आरोप थियो।

ओलीले बैशाखमा घोषणा गरेको चुनावको मिति एक दिन पनि पर नसर्ने दाबी गर। प्रतिनिधिसभा विघटनपछि सरकारले घोषणा गरेको चुनावको तयारीमा लाग्न आह्वान गर्दै उनले भने ‘तपाईंहरू चुनावको तयारीमा लाग्नुस, मिति एक दिन पनि पछाडी धकेलिदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell