PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

उत्तर कोरियाका पूर्व राजदूत भन्छन् : छोरीको भविष्यको लागि देश छाडेकोमा खुसी छु



उत्तर कोरियाका पूर्व राजदूत भन्छन् : छोरीको भविष्यको लागि देश छाडेकोमा खुसी छु

कुवेतका लागि उत्तर कोरियालका पूर्व कार्यवाहक राजदूत रुउ ह्यन उले छोरीको भविष्यको लागि उत्तर कोरियाबाट भागेको बताएका छन्।

एक वर्षभन्दा बढी अघि दक्षिण कोरिया पुगेको ह्यनले आफूले उत्तर कोरिया छाड्नु छोरीको लागि राम्रो भएको बताएका हुन्।

‘मैले र मेरी श्रीमतीले उत्तर कोरिया छाडेर जाने निर्णय लिएका थियौं। जुन हाम्रो छोरीको भविष्यको लागि राम्रो सावित भएको छ’ उनले सीएनएनसँग कुरा गर्दै भने।

उनले किमले आणविक हतियारको प्रयोग परित्याग गर्ने कुनै आधार नभएको समेत बताएका छन्। किमको शासनको जग आणिवक शक्ति नै भएकोले निशस्त्रिकरणका लागि उनी वार्तामा बसेपनि आणविक भण्डारणलाई नछाड्ने ह्यनले दाबी गरे।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुग्ने ह्युन त्यहाँका उच्च अधिकारीमध्ये एक थिए। उनको परिवार सन् २०१९ को सेप्टम्बरमा दक्षिण कोरिया पुगेका थिए। कुवेतमा हुँदादेखि नै उनहरुले भाग्ने योजना बनाएका थिए। जस अनुसार उनको परिवार कुवेतमा रहेको दक्षिण कोरियाली दूतावासमा आश्रय लिन पुगेको थियो। त्यसको केही दिनपछिमात्रै उनीहरु दक्षिण कोरिया पुगेका थिए। ह्यनु परिवारको खबर गत हप्तामात्रै सार्वजनिक गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell