PahiloPost

Jul 3, 2024 | २० असार २०८१

पोलियो थोपाको साटो भारतमा १२ जना बच्चालाई स्यानिटाइजर खुवाएपछि…



पोलियो थोपाको साटो भारतमा १२ जना बच्चालाई स्यानिटाइजर खुवाएपछि…
प्रतीकात्मक फोटो : indiatvnews.com

भारतको महाराष्ट्रस्थित एक गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा १२ जना बालबालिकालाई पोलियो थोपाको सट्टा स्यानिटाइजर पिलाएको घटना बाहिर आएको छ। घाटानजीस्थित कापसी-कोपारी गाउँको एक प्राथमिक स्वास्थ्य केन्द्रमा नर्सहरुले पोलियो थोपाको साटो स्यानिटाइजर पिलाएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।

आइतवार पोलियो थोपा खुवाउने कार्यक्रम थियो। एकदेखि ५ वर्षसम्ममा दुई हजार शिशु तथा बालबालिका पोलियो थोपा केन्द्रमा आइपुगेका थिए। पोलियो थोपा खुवाएपछि केही बच्चाहरुमा स्वास्थ्य समस्या देखियो। कोही उल्टी गर्न थाले त कसैको छातीमा समस्या देखिन थाल्यो। पोलियो थोपा खुवाएको केही बेरमा त्यस्तो हुन थालेपछि त्यहाँका स्वास्थ्यकर्मी आत्तिन थाले। समस्या देखिएका बच्चाहरुलाई वसंतराव नाइक गभर्मेन्ट कलेज एन्ड हस्पिटलमा भर्ना गर्न लगियो।

त्यसपछि थाह भयो ती बच्चाहरुलाई स्यानिटाइजर पिलाइएको रहेछ। घटनापछि उक्त केन्द्रका तीन नर्सलाई निलम्बन गरिएको छ। वंसनराव अस्पतालका डीन डा मिलिंद काँबले अहिले सबै बच्चाहरुको अवस्थामा सुधार आएको र उनीहरुलाई निरन्तर निगरानी राख्नुपर्ने बताएका छन्। यवतमाल कलेक्टर एम देवेन्द्र सिंहले अस्पताल पुगी बच्चाहरुको अवस्थाबारे जानकारी लिँदै उक्त घटनाको छानबिन गर्न निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell