PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हिमपातका कारण न्यूयोर्क र न्यूजर्सीमा आपतकाल, अत्यावश्यक बाहेकका सेवा संचालनमा रोक



हिमपातका कारण न्यूयोर्क र न्यूजर्सीमा आपतकाल, अत्यावश्यक बाहेकका सेवा संचालनमा रोक
Photo : EPA

अमेरिकाका केही राज्यमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। न्यूयोर्क, न्यूजर्सी, पेनेस्लिभिया लगायतका शहरमा १७ देखि १९ इन्चसम्म हिँउ जमेको छ। हिमपातका कारण न्यूयोर्क र न्यूजर्सीमा आपतकाल घोषणा गरिएको छ।

हिमपातका कारण आवश्यक व्यवसाय बाहेक अन्य सबै प्रकारका व्यवसायहरु संचालनमा रोक लगाइएको छ। सडकमा हिउँ जम्दा सवारीसाधन संचालन हुन सकेको छैन भने रेल सेवाहरु पनि अवरुद्ध भएका छन्। यस्तै, हिमपातका कारण १ हजार ६०० भन्दा बढी हवाई उडानहरु रद्द गरिएको छ।

हिमपातका कारण कोरोना भाइरसविरुद्ध भ्याक्सिन लगाउने कार्यक्रम समेत प्रभावित भएको छ। न्यूयोर्कमा भ्याक्सिन कार्यक्रम केही दिनका लागि स्थगित गरिएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell