PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

म्यानमारमा सैन्य कू : चीनले रोक्यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विरोध प्रस्ताव



म्यानमारमा सैन्य कू : चीनले रोक्यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको विरोध प्रस्ताव
Photo : Reuters

म्यानमारमा सैनिक 'कू' को सन्दर्भमा संयुक्त राष्ट्रसंघले निकाल्न लागेको विरोध प्रस्तावलाई चीनले रोकेको छ।

गत सोमबार म्यानमार सेनाले राष्ट्रपति र स्टेट काउन्सलरलगायतलाई पक्राउ गरी सत्ता आफ्नो हातमा लिएको थियो। त्यसकै विरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले विज्ञप्ती निकाल्ने तयारी गरेको थियो। तर चीनले संयुक्त विज्ञप्‍ती निकाल्न समर्थन नजनाएपछि उक्त कार्य रोकिएको थियो।

यता, म्यानमारका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिनि क्रिस्टिन स्क्रानरले संन्य कूको विरोध गरिसकेको छ।

सुरक्षा परिषदले विरोध प्रस्ताव निकाल्दैमा म्यानमार सेनालाई खासै पर्ने थिएन। तर उसलाई अन्तरराष्ट्रिय रुपमा दबाब भने बढ्थ्यो। तर चीनले रोकेसँगै संयुक्त राष्ट्रसंघको पहिलो प्रयास नै असफल भएको छ।  

म्यानमारको राजनीति र सेनामा चीनले 'माइक्रो म्यानेजमेन्ट' गर्दै आइरहेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell