PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

किसानको पक्षमा रिहानाको ट्वीट , कंगनाको जवाफ : भारत विभाजन गर्ने प्रयासमा रहेका किसान आतंकवादी हुन्



किसानको पक्षमा रिहानाको ट्वीट , कंगनाको जवाफ : भारत विभाजन गर्ने प्रयासमा रहेका किसान आतंकवादी हुन्
Photo : Report Door

भारतमा किसानले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका छन्। पछिल्लो केही दिनयता किसान आन्दोलनको अगुवाई गरिरहेकाहरुमाथि प्रहरीले कारवाही गरिरहेको छ। २६ जनवरीमा दिल्लीको लाल किल्लामा किसानले आक्रमण गरेपछि दिल्ली प्रहरी दबाबमा आएको थियो।

दिल्लीको सीमा क्षेत्रमा हजारौंको संख्यामा बसिरहेका किसानहरुलाई त्यहाँबाट हटाउन अनेकौं प्रयास भइरहेका छन्। मंगलबार किसानलाई लक्षित गर्दै हरियाणाका केही जिल्लामा इन्टरनेटसम्म बन्द गरियो।

भारतभर किसान आन्दोलनको पक्ष र विपक्षमा माहोल बन्दै गर्दा मंगलबार गायिका रिहानाले किसानको पक्षमा ट्वीट गरिन्।

'हामी किन यस विषयमा कुरा गरिरहेका छैनौं ?' भन्दै रिहानाले ट्वीट गरेपछि भारतमा उनको समर्थन र विरोधमा मानिसहरु ओर्लिएका छन्। धेरैले उनलाई किसानको पक्षमा बोलेकोमा धन्यवाद दिइरहेका छन्। केहीले भने विरोध गरिरहेका छन्।

विरोध गर्नेको मोर्चामा सबैभन्दा पहिला देखिइन् कंगना रनावत। सुरु देखि नै किसान विरोधी अभिव्यक्ति दिँदै आएकी अभिनेत्री रनावतले रिहानालाई 'मुर्ख' भन्दलै 'डम्मी' बेचेको जस्तै आफूहरुले देश नबेच्ने प्रतिक्रिया दिइन्।

कंगनाले किसान आन्दोलनको बारेमा भारतमा कसैले कुरा नगर्नुको कारण बारे आफ्नो दाबी प्रस्तुत गरिन्।

किसानलाई आतंकवादी भन्दै कंगनाले उनीहरु देश टुक्राउन अग्रसर रहेको आरोप लगाइन्। देशलाई विभाजित गरेपछि चीनले भारतलाई आफ्नो उपनिवेश बनाउने र त्यसमा किसान आन्दोलनले भूमिका खेलेको कंगनाको तर्क थियो।

कंगनाले किसानलाई आतंकवादी भनेपछि भारतभर उनको विरोध भइरहेको छ। यसअघि पनि उनले किसानलाई आतंकाकारी भन्दै आएकी थिइन्।

बलिउड अभिनेत्री कंगना रनावत पछिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको समर्थनमा देखिँदै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell