PahiloPost

Jun 25, 2024 | १२ असार २०८१

कम्युनिष्टबाट संविधान च्यातिने डर भयो, संविधान जोगाउने दायित्व अब कांग्रेसको : शेखर कोइराला



कम्युनिष्टबाट संविधान च्यातिने डर भयो, संविधान जोगाउने दायित्व अब कांग्रेसको : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आन्तरिक गुटबन्दी र भागबण्डा छाडेर लोकतन्त्र र राष्ट्रियता बचाउँने आन्दोलनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन्।

मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा उनले जनताको मतबाट लेखिएको संविधान कम्युनिष्टहरुबाट च्यातिन सक्ने खतरा रहेको बताए। त्यसैले संविधान जोगाउने कार्यभार कांग्रेसको काँधमा आएको उनले बताए।

कोइरालाले संसद पुनःस्थापना नभएसम्म कांग्रेसले सडक संघर्ष नछाड्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell