PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'नेपाल बन्द चाहिँदैन' भन्दै दरबारमार्गमा गुञ्जियो नारा



'नेपाल बन्द चाहिँदैन' भन्दै दरबारमार्गमा गुञ्जियो नारा

काठमाडौं : रत्नपार्कमा प्रदर्शनकारी भएका कारण उक्त क्षेत्रमा पुग्ने सवारीलाई प्रहरीले विभिन्न स्थानमा रोक्दै फर्काउँदै गरिरहेको छ। यही मेसोमा दरबारमार्गबाट पनि प्रहरीले सवारीलाई रत्नपार्कतिर बढ्न दिएको छैन।

दिउँसो २ बजेतिर एक हुल युवा भने यही क्षेत्रबाट अघि बढ्ने प्रयासमा थिए। प्रहरीले उनीहरुलाई सम्झाए। प्रहरीको कुरा मान्न तयार भएनन् उनीहरु। केही बेर प्रहरीसँग अनुरोध गरे पनि।

'नेपाल बन्द चाहिँदैन' भन्दै दरबारमार्गमा गुञ्जियो नारा

'नेपाल बन्द चाहिँदैन' भन्दै दरबारमार्गमा गुञ्जियो नारा https://pahilopost.com/content/20210204144647.html

Posted by PahiloPost on Thursday, February 4, 2021

तर प्रहरीले बाटो नछोडेपछि उनीहरु कमलादीतिर मोडिए र नारा लगाए : नेपाल बन्द चाहिँदैन। ती युवाहरुले केही बेरसम्म यही नारा लगाउँदै कमलादीतिर अघि बढेका थिए।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell