PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

प्रचण्ड नेपालसँग कार्यकर्ता नै नभएको ओलीको दाबी : 'विरोध कार्यक्रममा आउने सबै रमिते'



प्रचण्ड नेपालसँग कार्यकर्ता नै नभएको ओलीको दाबी : 'विरोध कार्यक्रममा आउने सबै रमिते'

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहसँग कार्यकर्ता नै नभएको बताएका छन्। राजधानीमा आफू निकट किसान संघको भेलामा उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल कार्यकर्ता बिहिन भएको बताएका हुन्।

'कार्यकर्ता सकिएछन्। हामी यहाँ छौ भनेर टास्यो। को उभिएको भनेर हेरेको प्रचण्ड रहेछन्। उभिएको कहाँ सातदोबाटोमा,' ओलीले भने।

प्रचण्ड नेपालले माइतीघरमा 'हामी यहाँ छौं' भनेर विरोध प्रदर्शन गरेको प्रति कटाक्ष गर्दै ओलीले भने, 'हामी यहाँ छौ भनेर निर्वाचन आयोगमा। पुगेपछि मान्छेले थाहा पाएपछि। जसले हामी यहाँ छौ भनेर लेखेको छ त्यति मात्रै प्रचण्ड नेपालको कार्यकर्ता।'

प्रचण्ड-नेपालले ओलीको र्‍याली 'पञ्च र्‍याली' भएको आरोप समेत लगाएका थिए। आज प्रचण्ड-नेपाललाई जवाफ दिँदै ओलीले उनीहरुको पक्षमा कोही नभएको दलील प्रस्तुत गरेका हुन्। प्रचण्ड-नेपालले बाटामा भेटिने सबैलाई धम्की दिँदै हिँडेको समेत बताए।

'प्रहरी प्रशासनलाई धम्काउन थालेका छन्। धाक धक्कु लगाउनुहुन्छ। प्रमुख जिल्ला अधिकारी, एसपी डिएसपीलाई बाटामा हप्किदप्कि गर्नुहुन्छ,' उनले भने।

सशस्त्र आन्दोलनका बेलाको जस्तै प्रचण्डलाई छुट नहुने भन्दै ओलीले उनी कानुनी राज्य अनुसार चल्नु पर्ने बताए।

'लोकतन्त्र कानुनी राज हुन्छ। प्रचण्डलाई म सम्झाउन चाहन्छु ति दिन गए,'प्रचण्डलाई सम्झाउँदै ओलीले भने।

उनले प्रचण्ड नेपालको प्रदर्शनमा आउने सबैलाई 'रमिता' हेर्न आएको संज्ञा समेत दिए। ' उनीहरु बाहेक उनीहरुको कार्यक्रममा आउने अरु त बाटाका मान्छेहरु त हुन्,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell