PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

होटल क्वारेन्टाइन सुरु गर्दै बेलायत



होटल क्वारेन्टाइन सुरु गर्दै बेलायत
Photo : Reuters

बेलायत फर्कने नागरिकहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले यही फेब्रुअरीको १५ देखि स्वदेश फर्केन बेलायती नागरिकहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको हो। यस्तै, बेलायत पुग्ने अन्य देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको छ।

बेलायत सरकारले होटल संचालकहरुलाई दैनिक १ हजारभन्दा बढी व्यक्तिलाई कोठा उपलब्ध गराउने तयारी गर्न आग्रह गरेको छ। बेलायत पुगेका यात्रुहरुले अनिवार्य १० दिनसम्म होटलको कोठामा बस्नुपर्ने भएको छ। उनी बसेको होटलमा सुरक्षाकर्मी समेत परिचालन गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell