PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बीएफसीलाई स्तब्ध पार्दै हेटौंडा गोल्डकपको उपाधि आयोजक भिडोलको पोल्टामा



बीएफसीलाई स्तब्ध पार्दै हेटौंडा गोल्डकपको उपाधि आयोजक भिडोलको पोल्टामा

  • निशा गुरुङ-

हेटौंडा : भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लब हेटौंडाले जितेको छ। शुक्रवार हेटौंडास्थित फरेस्ट्री क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुरलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै भिडोलले उपाधि चुमेको हो।

बीएफसीका रन्जित आले मगरले खेलको ५७ मिनेटमा गोल गरेर अग्रता लिएता पनि ६ मिनेटमा  नबित्दै विजय युथका सन्त गुरुङले बराबरी गोल फर्काए। यस्तै खेलको ६६ मिनेटमा बीएफसी भरतपुरका खेलाडीले डि बक्समा बलले हात छुँदा भिडोलले पेनाल्टी पायो।

रुपेश केसीले अवसर चुकाएनन् र त्यही पेनाल्टी नै निर्णयक गोल बन्यो। भिडोलले नगद ३ लाख रुपैयाँ र उपविजेता बीएफसीले एक लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो। बिजेतालाई बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले कप हस्तान्तर गरे।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक भिडोलका गोलकिपर अशोक बराल घोषित भए। वेस्ट डिफेन्डरमा भिडोलकै सुरज विष्ट, वेस्ट मिडफिल्डरमा सोही टिमका विश्व अधिकारी, सर्बाधिक गोलकर्तामा उपविजेता बीएफसी भरतपुरबाट विदेशी खेलाडी जोन क्लोरी, वेस्ट फरवार्डमा भिडोलका विमल राना र वेष्ट कोचमा भिडोलकै सुबिन घिमिरे घोषित भए।

विधागत उत्कृष्ट हुनेहरुले नगद ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र पाएका छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा विजय युथ क्लबका फरवार्ड रुपेश केसीले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र  हात पारे।

माघ १६ गतेबाट शुरु भएको खेलमा १० समूह सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell