PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दुई दिन हिमपातपछि सिमकोटमा ढकमक्क हिउँ, बालबालिका भने दाउरा बेच्न सदरमुकामतिर…

दुई दिन हिमपातपछि सिमकोटमा ढकमक्क हिउँ, बालबालिका भने दाउरा बेच्न सदरमुकामतिर…


शनिवार साँझ देशभरका विभिन्न क्षेत्रमा हिमपात भयो। हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा पनि हिउँ पर्‍यो। सिमकोट क्षेत्रमा दुई दिन लगातार हिउँ परेको थियो। यहाँ हिउँ परेपछि सबैतिर हिउँले ढपक्पै ढाकिएको छ। आइतवार घाम लागेपछि हिउँको दृश्य झनै महमोहन देखिएको छ।

यही मेसोमा बालबालिका भने सदरमुकामतिर दाउरा लिएर जाँदै गरेको बाटोमा देखियो। बाटोमा हिउँ जमे पनि घर खर्च चलाउन उनीहरु सदरमुकाम हिँडेका हुन्। एकभारी दाउरा ५०० देखि एक हजार रुपैयाँसम्म बिक्री हुने गर्छ।

घरखर्च चलाउन सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट जाँदै।
सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनको हिमपातपछि ढक्कमक्क ढाकिएको हिउँको दृश्य।
सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनको हिमपातपछि ढक्कमक्क ढाकिएको हिउँको दृश्य।
सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनको हिमपातपछि ढक्कमक्क ढाकिएको हिउँको दृश्य।


ट्रेन्डिङ पोस्ट

Ncell