काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा सरकारी वकिलहरुले बहस सकाएका छन्। अब प्रधानमन्त्री कपी शर्मा ओलीका निजी वकिलहरुले बहस गर्नेछन्।
संवैधानिक इजलासमा रमेश बडालले प्रधानमन्त्रीका निजी अधिवक्ताका रुपमा बहस सुरू गरेका छन्। इजलासले प्रधानमन्त्रीका वकिलहरुलाई समय तोकेको छ।
बहसको सुरूवातमा प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले 'बहसका लागि समय तोक्छौ' भने। त्यसपछि बडालले निवेदक भन्दा कम समय लिने जवाफ दिएका थिए।
तर, जबराले भने सबैलाई समय दिनुपर्छ भन्दै भने : हुँदैन। २० मिनेटमा सक्काउनुस्।
जबराले यो हप्ताभित्र विघटनविरुद्धको बहस सकाउनुपर्ने समेत बताए।
यसअघि प्रधानमन्त्रीका निजी वकिल वरिष्ठ अधिवक्ता सुशील पन्तले ओपनिङमा 'म अलि समय लिन्छु अरूभन्दा कम लिन्छु' भनेकाले दुई समय दिएकोले अब समय तोक्ने इजलासले बताएको हो।
वकिलहरुले समयको माग गरेपछि २० मिनेटको समयलाई २० मिनेटमा पुर्याएको थियो।
बडालले समयको विषय उठाइरहेपछि न्यायाधीश सपना प्रधान मल्लले भनिन् : नदोहोर्याउनुस्। सक्नुस्।
अहिले बडालले बहस गरिरहेका छन्।
प्रधानमन्त्रीका वकिलहरुले बहस सकेपछि सभामुख र एमिकस क्युरीले बहस गर्नेछन्।