प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गेमा आधारित फिल्म बन्ने भएको छ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन हाउस 'हाइयर ग्राउन्ड प्रोडक्सन्स' ले नेटफिल्कसँगको सहकार्यमा नयाँ प्रोजेक्टहरु घोषणा गरेका छन्। फिक्सन, नन फिक्सन, पारिवारिक र बालबालिकासँग सम्बन्धित फिल्महरु बनाउने प्रोजेक्टको घोषणा केहीदिन अघि गरिएको थियो। त्यही प्रोजेक्ट अन्तर्गत नोर्गेको जीवनीमा 'तेन्जिङ' फिल्म बन्न लागेको हो।
'अनसङ हिरो' तेन्जिङले सर एन्मन्ड हिलासी सँग पहिलपटक सगरमाथा आरोहण गरेको कथा र हिलारीसँगको सहकार्यबाट इतिहास रच्नुसम्मको यात्रा फिल्ममा समेटिने बताइएको छ।
फिल्मको निर्देशन बाफ्टा नोमिनि जेनिफर पिडल शेर्पाले गर्नेछिन्। निर्देशक जेनिफरले धेरै वर्ष सगरमाथा क्षेत्रमा बिताएकी छिन्। बाफ्टा विजेता लुके डेभिसले एड डउल्गासले लेखेको 'तेन्जिङ: हिरो अफ एभरेष्ट' किताबको आधारमा फिल्मको स्क्रिप्ट तयार गरेका हुन्।
डेभिस र जेनिफरले फिल्मको सह निर्माण समेत गर्नेछन्। यस्तै, डेभिड मिछोड र नोर्बु तेन्जिङ नोर्गे फिल्मका कार्यकारी निर्माता हुनेछन्।
यससँगै बाराक-मिसेलको प्रोडकसन हाउसले एक्जिट वेस्ट, स्याटलाइट, द यङ वाइफ फिल्मसँगै फायरकिपर्स डटर र ग्रेट नेशनल पार्क्स सिरिज समेत निर्माण गर्ने घोषणा गरेको छ।