PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'विधि विधान नकुल्च' भन्दै माइतीघरमा विवेकशीलको जुत्ता प्रदर्शन

'विधि विधान नकुल्च' भन्दै माइतीघरमा विवेकशीलको जुत्ता प्रदर्शन


काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ। उक्त पार्टीका नेता कार्यकर्ताले जुत्ता प्रदर्शन गर्दै विधि विधान नकुल्चन सरकारलाई आग्रह गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा विवेकशीलले निरन्तर सडक संघर्ष गर्दै आएको छ। उनीहरुले प्रतिनिधि सभा विघटनको कदम खारेज हुनुपर्ने माग गर्दै आएका छन्। यता विघटनको विरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell