PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सर्वाेच्च अदालतमा पहिलाे महिला रजिस्ट्रार



सर्वाेच्च अदालतमा पहिलाे महिला रजिस्ट्रार

काठमाडौं: सर्वाेच्च अदालतकाे रजिस्ट्रारमा निर्मला पौडेल (भट्टराई) सिफारिस भएकी छन्। न्याय सेवा आयाेगले आइतबार पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकाे हो। रजिस्ट्रारको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ। 

उनी नेपालको न्यायिक इतिहासमा सर्वोच्चको रजिस्ट्रार हुने पहिलो महिला हुन्। 

पौडेल यसअघि पारिवारिक कारण देखाउँदै जिल्ला अदालतकाे न्यायाधीशको जिम्मेवारी अस्वीकार गरेकी थिइन्। सर्वोच्चमा उपरजिस्ट्रामा कार्यरत रहदा उनी न्यायाधीशमा सिफारिस भएकी थिइन्। 

आयाेगले आइतबारै मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवरलाई सिफारिस गरेकाे छ। दुबै जनाकाे नाम नियुक्ति प्रक्रियाका लागि मन्त्रिपरिषद् पठाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell