PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भागरथीलाई न्याय माग्दै कलाकार : समाजलाई सभ्य बनाउन हामी चुकिरहेका छैनौं ?



भागरथीलाई न्याय माग्दै कलाकार : समाजलाई सभ्य बनाउन हामी चुकिरहेका छैनौं ?

काठमाडौं  : बैतडीमा १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भयो। दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा भागरथी भट्ट मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

उक्त घटनाले अहिले सबैको ध्यान तानिरहेको छ। राजधानी लगायत देशभर 'भागरथीलाई न्याय' माग्दै प्रदर्शन भइरहेका छन्। कलाकारदेखी लेखकसम्मले सामाजिक सञ्जालमार्फत भागरथीलाई न्याय दिलाउन आफ्नो मत राखिरहेका छन्।

अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा बलात्कार विकराल सामाजिक समस्या रहेको भन्दै समय नै यसको समाधान खोज्नुपर्ने बताएकी छिन्। उनले 'समाजलाई शिक्षित, सभ्य र अनुशासित बनाउन हामी चुकिरहेका छैनौं?' भन्दै प्रश्नसमेत गरेकी छिन्।

बैतडीमा १७ वर्षीय किशोरीकाे बलात्कारपछि हत्या नेपालका केही पुरुषहरुकाे मानसिकतामा याैन अपराध थुप्रिएकाे छ । त्यसैले...

Posted by Karishma Manandhar on Saturday, February 6, 2021

लेखक सुबिन भटराईले बलात्कारका घटना बढ्नुमा कसको दोष भन्दै प्रश्न गरेका छन्।

 

शहरमा गुलाब टिपेर मायालुलाई उपहार दिने मौषममा गाउँमा एउटी कोपिला निमोठिइन् । कसको भूल बढी ? अपराध गर्नेको कि अपराध...

Posted by Subin Bhattarai on Monday, February 8, 2021

त्यसैगरि अभिनेत्री निता ढुगांनाले नारीलाई कमजोर र लाचार नठान्न भन्दै बलात्कारीलाई चाँडै पक्राउ गर्न माग गरेकी छिन्।

 

नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन तर पनि त्यहि नारीलाई कमजोर...

Posted by Neeta Dhungana on Sunday, February 7, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell