PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

प्रधानमन्त्री केपी शर्मा ओली पुगे निर्वाचन आयोग



प्रधानमन्त्री केपी शर्मा ओली पुगे निर्वाचन आयोग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। निर्वाचनबारे छलफलका लागि आयोग आइपुगेको बताइएको छ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल पनि आयोगमा आइपुगेका छन्। आयोगमा यसअघि अर्थमन्त्री विष्णु पौडेल र नेता सुवाष नेम्वाङ आइपुगिसकेका थिए।

सरकारले बैशाख १७ र बैशाख २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ। सोमवारको मन्त्रिपरिषद्मा पनि निर्वाचनसम्बन्धी निर्णय भएको बताइएको छ। यता नेकपामा भने पार्टी विभाजनको विवाद कायमै छ।

प्रचण्ड माधव पक्षले नेकपामा दाबी गरेपछि निर्वाचन आयोग यो विवाद सल्ट्याउन लागिरहेको बेला प्रधानमन्त्री ओली यहाँ पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell