PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

म्यानमारमा सेनाविरुद्ध प्रदर्शनमा उत्रेका आन्दोलनकारीमाथि चलाइयो गोली, एक महिला घाइते



म्यानमारमा सेनाविरुद्ध प्रदर्शनमा उत्रेका आन्दोलनकारीमाथि चलाइयो गोली, एक महिला घाइते

म्यानमारमा 'सैन्य कू' विरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक महिला गम्भीर। घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

प्रहरीले पानीको फोहोरा र रबरको गोली प्रहार गरि मंगलबार भएको प्रदर्शन दमन गर्ने प्रयास गरेको थियो। निषेधाज्ञाबीच भएको प्रदर्शनमा सहभागी ती महिलालाई टाउको गोली लागेको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन्।

अन्य घटना सार्वजनिक भएका छैनन्।

सेनाले निर्वाचित सरकारलाई अपदस्त गर्दै सत्ता नियन्त्रणमा लिएपछि म्यानमारभर विरोध प्रदर्शन भइरहेको छ। यागौंमा दैनिक हजारौं मानिस सैन्य शासको विरोधमा ओर्लिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell