.jpg)
नेकपाका नेताहरूको घरेलु झगडा यतिखेर सडकभरि पोखिँदै छ। कहिले सत्ताको शक्ति प्रदर्शन हुन्छ त कहिले आन्दोलनमा उत्रिएकाहरूको। यी दुवैखाले प्रदर्शनबाट आजित हुने चाहिँ जनता। २३ गते प्रधानमन्त्री ओलीले यस्तै प्रदर्शन गरे। आज उनीविरुद्ध प्रचण्ड-माधव नेपालहरुले पनि 'काउन्टर' दिए। बाहुबलीहरुको यो प्रतिस्पर्धाले भने धेरैलाई आपत् नै पार्यो। बाटो बन्द गरियो, हिँडेकाहरू अलपत्र परे। सवारी ठप्प। थाहा छैन, कहिलेसम्म जारी रहनेछ यस्तो हालत।