PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रतिगमनविरुद्ध महिलाहरु चुलेसी हसियाँ लिएर सडकमा आउनेछन् : अमृता थापा



प्रतिगमनविरुद्ध महिलाहरु चुलेसी हसियाँ लिएर सडकमा आउनेछन् : अमृता थापा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षकी नेतृ अमृता थापाले प्रधानमन्त्री ओलीले पार्टी र सरकार संचालन गर्न नसकेपछि प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार गरेको बताएकी छिन्।

राजधानीमा आयोजित विरोधसभामा उनले दशक लगाए बनाएको संविधानलाई ओलीले अन्धकारमा धकेलेको बताइन्।

महिलाहरुले प्रतिगमन नसच्चिएसम्म सडक नछोड्ने भन्दै उनले ओलीको शासनकालमा महिलाहरुमाथि दुर्व्यवहार गर्ने अपराधीहरुलाई सजाय नभएको बताइन्।

उनले महिलाहरु अब चुप लागेर नबस्ने भन्दै चुलेसी, हसियाँ जे छ त्यही लिएर प्रतिगमनविरुद्ध उत्रने बताइन्।

भनिन् 'बालकोट गएर बस्नुस्। राजतन्त्रलाई त फाल्यौं ओलीको तानाशाहीलाई पनि फाल्छौं। हामी उनको प्रगिगमन नसच्चिएसम्म सडक छाड्दैनौं।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell