PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रचण्डको चेेतावनी : जनभावना विपरीत फैसला भए आँधीहुरी आउँछ, कसैले रोक्न सक्दैन



प्रचण्डको चेेतावनी : जनभावना विपरीत फैसला भए आँधीहुरी आउँछ, कसैले रोक्न सक्दैन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट जनभावना अनुकूल फैसला हुनेमा विश्वास रहेको बताएका छन्।

राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले जनता सडकमा ओर्लिसकेको भन्दै न्यायाधीशहरुले जनभावनालाई हेरेर निर्णय गर्नेमा विश्वास्त रहेको बताएका हुन्। उनले जनभावना विपरीत काम भए विद्रोह हुनसक्ने समेत चेतावनी दिए।

'संविधानको मर्म र भावना विपरीत जनताको चाहना विपरीत काम भए त्यो नेपाली जनतालाई सह्य हुँदैन। यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गए के हुन्छ ? प्रचण्डले प्रश्न गरे।

जनभावना विपरीत निर्णय भएमा संघर्ष हुने समेत उनले बताए।

'निर्णय जनताको पक्षमा नआए आँधीहुरी आउँछ। कसैले थाम्न सक्दैन। हामी सानो समूहले विद्रोह गर्दा पहिला के भयो? अहिले लाखौं जनता सडकमा उत्रे के हुन्छ? ' प्रचण्डले चेतावनी दिँदै भने।

संवैधानिक निकायले ओलीको सनकको भर डराएर फैसला गर्छ भन्नेमा आफूलाई विश्वास नभएको समेत बताए। साथै उनको समूहमा भएका धेरै नेताहरु आफूहरुसँग आउन तयार भएको उनले दाबी गरे।

'दुई जना मन्त्री फर्किन तयार छन्। केपी ओली भ्रममा कति दिन बाँच्ने हुन्' उनले भने।  

ओलीलाई राजीनामा दिन आग्रह गर्दै उनले राजीनामा दिएर पश्चाताप गरे जनताले माफ गर्न सक्ने प्रचण्डको टिप्पणी थियो। तर ओली भने अझै निरंकुश बन्दै जाने उनको दाबी थियो। त्यसैले ओली जनताको शरणमा भन्दा भगवानको शरणमा जान रुचाएको प्रचण्डले बताए।

आफ्नो निर्वाचन क्षेत्रलाई रामभूमि भनेर भनेर साबित गर्नु ओली लागेको भन्दै त्यसो भए आफू नै सबैभन्‍दा बढी खुशी हुने प्रचण्डले बताए।

प्रचण्डले भने 'तर उनी ठग हुन्। त्यो नाटक हो। मैले ३ वर्षमा चिनिसकेँ। वैज्ञानिक अनुसन्धान गरौं। म चुनौती दिन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell