अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोर्न वार्ता भएको छ। बाइडेन राष्ट्रपति बनेपछि सीसँग उनको पहिलोपटक कुराकानी भएको सीएनएनले उल्लेख गरेको छ।
दुई नेताबीच भएको संवादमा दुवै देशबीच देखिएको समस्याहरुका बारेमा छलफल भएको बताइएको छ। बाइडेनले सीसँग सैन्य र आर्थिक मामिलाका साथै जलवायु परिवर्तन लगायतका विषयमा दुवै देशबीच हुन सक्ने सहकार्यको बारेमा समेत कुरा उठाएको बताइएको छ। उनीहरुबीच भएको छलफलको विस्तृत विवरण सार्वजनिक भने गरिएको छैन।