- निशा गुरुङ-
हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकास्थित प्रहरी चौकी हात्तिसुँडेको नवनिर्मित कार्यालय उद्घाटन गरिएको छ।
बकैया वडा न —४ नवनिर्मित चौकीको बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चौकीको उद्घाटन गरेका हुन्। यसअघि हात्तिसुँडे चौकीले आफनै भवन भएतापनि जग्गा भने अरुको लिएको भवनबाट सेवा प्रदान गरिरहेको थियो। उद्घाटनमा मुख्यमन्त्री सहित अन्य अतिथीहरुले ब्यारेक, भान्सा र शौचालय भवनको समेत निरिक्षण गरेका थिए।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रहरी शान्ति सुरक्षाको पहिलो प्राथामिकता भएकोले यस भौतिक पुर्वधारको विकासले उनीहरुको मनबोल उच्च हुने बताए।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गाँउपालिकाका अध्यक्ष दामोदर खनाल लगायतले शुभकामना मन्तव्य दिएका थिए।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गरेका हुन्। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको १ करोड ९६ लाख ६६ हजारको आर्थिक सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कार्यक्रममा, बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको उपस्थिती रहेको थियो।