PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मकवानपुरको बकैया गाउँपालिका अब बालमैत्री



मकवानपुरको बकैया गाउँपालिका अब बालमैत्री

  • निशा गुरुङ-

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका देशकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बिहीवार मकवानपुर जिल्लाको बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गरेको हो।

पौडेलले देशमै दोस्रो बालमैत्री बनेकोमा बधाइ दिँदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह गरे। अहिले घोषणाको शुभकामना दिइरहँदा यसलाई यो घोषणा मात्र नहोस् भन्दै उनले बालमैत्री सूचकको निरन्तर निगरानी राख्न समेत आग्रह गरे।

बालमैत्री सूचकहरूभित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरूले यसलाई ध्यान दिनुपर्नेमा जोड दिए। उनले बालमैत्री घोषणा गर्नुमात्र ठूलो नभएकाले स्थानीय सरकारले हरेक रूपमा बालबालिकाको हितमा लाग्नुपर्ने बताए।

गाउँपालिका हरेक कुरा बालमैत्री हुनुपर्छ भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बालमैत्री कार्यका लागि स्थानीय तहलाई आवश्यक बजेट विनियोजन गरेको बताए।

यस्तै प्रदेश सरकारले बाग्मती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने तयारीमा अघि बढेको बताए। बागमती प्रदेशका प्रतिपक्षका नेता इन्द्र बानियाँले बधाइ दिदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह गरे। दोस्रो गाउँपालिका घोषणा हुनु मात्रै सफल भएको भन्ने ठान्न नहुने भन्दै निरन्तर काम गर्न आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell