PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

क्षिरेश्वर डिष्टिलरीका सञ्चालक रेग्मीको हत्या गरेको अभियोगमा उनकै सालो पक्राउ



सुमित मिश्र

क्षिरेश्वर डिष्टिलरीका सञ्चालक रेग्मीको हत्या गरेको अभियोगमा उनकै सालो पक्राउ

जनकपुरधाम : सेयरको विवादमा आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खाती रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा खातीलाई सार्वजनिक गरिएको छ। गत माघ १३ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ का ५४ वर्षीय प्रमोद रेग्मी आफू सुत्ने कोठामा मृत फेला परेका थिए।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले अनुसन्धान गर्दा आफ्नो सहोदर सालोले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक रानाभाटले बताए। खातीले सेयर लगानी सम्बन्धी विषयमा रिसइवी राखी आफ्नो भिनाजुलाई अत्यधिक मादक पदार्थ सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको रानाभाटले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell