PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मरोणपरान्त आफ्नो शरीर अनुसन्धान गर्न भन्दै शताब्दी पुरुषले गरे शरीर दान गर्ने घोषणा



मरोणपरान्त आफ्नो शरीर अनुसन्धान गर्न भन्दै शताब्दी पुरुषले गरे शरीर दान गर्ने घोषणा

काठमाडौं : वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आ-आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन्।

शुक्रवार ललितपुर महानगरपालिकाम नइ प्रकाशनले आयोजना गरेको कार्यक्रममा चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आफ्नो शरीर दान गर्ने जानकारी जोशी दम्पतीले दिएका हुन।

१०१ वर्षीय डा. जोशी र ९६ वर्षीया राधा जोशीको शरीर मरणोपरान्त किष्ट कलेजलाई अर्पण गर्ने प्रकाशनकी अध्यक्ष इन्दिरा प्रसाईँले जानकारी दिइन्। जोशीले 'सय वर्ष बाँचोस्, चार सय ऋतुमा टेकोस्' भनेर शास्त्रीय प्रमाण भएको बताउँदै आफूले त्यो पूरा गरी आफू अहिले १०१ वर्षमा बाँचिरहेको बताए। आफू शताब्दीसम्म बाँचेकाले त्यसको अध्ययनका लागि शरीर लिन आफैंले अनुरोध गरेको बताए।

'मैले के खाएर वा गरेर सय वर्षसम्म बाँच्न सफल भएँ। औषधि खाएँ कि के गरेर बाँचे भनेर सबैले प्रश्न गर्छन्। मैले कसकसलाई जवाफ दिउँ? त्यसैले यो शरीरको अनुसन्धान गर्दिनुस् भनेर अनुरोध गरेको हो,' उनले भने।

जोशीले थपे, 'हाम्रा शरीरका अंग प्रत्यंगहरु (आँखा, कलेजो, मिर्गौला) जे जति छन्, त्यसको सहि सदुपयोग हुन्छ भनेर हामी दम्पतीले यो कदम चालेको हो,' उनले भने।

त्यसो त उनले आफू जीवित हुँदै राष्ट्रले वाङ्मय शताब्दी पुरुष, ललितपुर महानगरपालिकाले आफ्नो मुखाकृत तीन मुद्रा र हुलाक टिकटमा पनि प्रयोग गरेकोमा गौरव महसुस भएको बताए।

किष्ट कलेजका प्राध्यापक डा.बलमानसिंह कार्कीका अनुसार जोशी दम्पतीको सम्पूर्ण स्वास्थ्य उपचार नि:शुल्क रुपमा गर्दै आइएको छ। मरणोपरान्त शरीर दानको घोषणापछि कलेजका प्रोफेसर डा.सुरज बज्राचार्यको नेतृत्वको टिमले जोशी दम्पतीको नियमित परीक्षण र अनुसन्धान कार्य शुरु गरिसकेको छ।

डा.जोशी ललितपुर महानगरपालिकाको ऐतिहासिक धरोहर भएको मेयर चिरिबाबु महर्जनले बताए। जोशी दम्पतीको घोषणा प्रशंसनीय भएको महर्जनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell