उनी अहिले दुबै जना गर्लफ्रेन्डबाट चोरीको अभियोग खेपिरहेका छन्। र, प्रहरीबाट भागिरहेका छन्।
अमेरिकाको फ्लोरिडाका ती पुरुषले सामाजिक सञ्जालमार्फत दुई युवतीसँग फरकफरक नाममा प्रेस सम्बन्ध अघि बढाएको यसै साता खुलेको हो। ती दुबै युवतीले आफूहरुलाई जोसेफ डेभिस नामक व्यक्तिले ठगेको आरोप लगाएका छन्। ४८ वर्षे ती पुरुषले डेटिङ एप ओकेक्युपिड मा दुई फरक फरक आइडी बनाएको भेटिएको छ। एक जोय ब्राउन र अर्को मर्कुस् ब्राउन।
सन् १०१५ र सन् २०१६ मा उनले यी आइडी बनाएको फ्लोरिडास्थित भोलुसिया काउन्टी सेरिफ अफिसले जनाएको छ। हाल डेभिसलाई यो अफिसले 'वान्टेड'मा राखेको छ र उनी पत्ता लगाउनेलाई नगद पुरस्कार प्रदान गर्नेसमेत जनाएको छ।
दुई मध्ये एक युवतीले डेभिसले केही वर्षअघि नै एक महिलासँग इन्गेज्मेन्ट गरेको गत महिना पत्ता लगाएको जनाएकी छिन्। अरेन्ज सिटीकी युवतीले एक फेसबुक पेजमा यस्तो फोटो देखेको र तिनले लगाएको गहनामा पनि शंका लागेको बताइन्।
त्यसपछि उनले आफ्नो गहना राख्ने बाकसमा जाँच गर्दा त्यहाँबाट औंठीमात्र हैन धेरै गहनाहरु हराएको भेटिइन्। अनि ती युवती निश्चित भइन् कि आफ्नै गहना चोरेर आफ्नो प्रेमीले अर्कै प्रेमिकालाई लगाइदिइन्। चोरी भएको गहनामा हीराको औंठीसमेत थियो। जसको मुल्य ६ हजार ३०० अमेरिकी डलर रहेको र उक्त औंठी उनको हजुरआमाको रहेको बताइएको छ।
ती पुरुषबाट पीडित भएका भनिएका दुबै युवतीबीच दोहोरो कुराकानी भइसकेको बताइएको छ। अर्की युवती ओर्लान्डको भएको र ती युवतीले पनि आफू डेभिसबाट ठगिएको बताएकी छिन्। उनको घरबाट ल्यापटप र केही गहना हराएको उनले दाबी गरेकी छिन्। त्यसो त उनलाई एक केटीको घरलाई डेभिसले आफ्नै घर भएको बताउँदै एपार्टमेन्ट सार्नसमेत आग्रह गरेका थिए। तर एपार्टमेन्ट सार्ने क्रममा डेभिस वेपत्ता भएको ओर्लान्डोकी युवतीले बताएकी छिन्।
दुबै युवतीले ती पुरुषको वास्तविक पहिचान खुलाएर कारवाहीको लागि प्रहरी समक्ष उजुरी दिइसकेका छन्।