PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सोमवारको आन्दोलन सशक्त बनाउन रामचन्द्र पौडेलको अपिल, 'ओली सरकार पाइलैपिच्छे निरंकुशतातिर'



सोमवारको आन्दोलन सशक्त बनाउन रामचन्द्र पौडेलको अपिल, 'ओली सरकार पाइलैपिच्छे निरंकुशतातिर'

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधि सभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्ट हुँदै गएको बताएका छन्। नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई आपिल गर्दै पौडेलले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टि हुँदै गएको बताएका हुन्।

उनले सरकार एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चाल्दै छ। सरकारले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुशंतामा बाटोमा धकेल्नका लागि संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन्। पौडेलले भिडियो अपिलमा सम्पूर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले आयोजना गरेको फागुन ३ गते ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागी हुन आह्वान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell