PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बुटवलमा ओली पक्षको जनसभा, पूर्व जनमुक्ति सेनाका लडाकुलाई मार्चपास गराउने तयारी



बुटवलमा ओली पक्षको जनसभा, पूर्व जनमुक्ति सेनाका लडाकुलाई मार्चपास गराउने तयारी

बुटवल : नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले आफ्नो आधार ईलाका दाबी गर्दै आएको लुम्बिनी प्रदेशमा आज जनसभा गर्दैछ।

प्रतिनिधिसभा विघटनको पक्षमा प्रधानमन्त्री केपी हर्मा ओली समूहको जनसभाको तयारी पूरा भएको छ। सभालाई प्रधानमन्त्री ओली, पार्टी महासचिव विष्णु पौडेल, ओली सरकारका मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बुटवलको सिद्धेश्वर माबीको प्राङ्गनमा आयोजना गरिने सभामा नेकपा ओली पक्षले २ लाख समर्थक उतार्ने दाबी गर्दै आएको छ। ओली पक्षको प्रदेश कमिटीका अनुसार रुपन्देही जिल्लाले १ लाख समर्थक सडकमा उतार्ने छ भने बाँकी ११ जिल्लाबाट प्रतिनिधिमुलक ढंगले थप १ लाख समर्थक बुटवलमा उतार्नेछ।

ओली पक्षले तत्कालिन माओबादीले जनयुद्ध सुरु गरेको फागुन १ गतेकै दिन पारेर बुटवलमा जनसभा गर्न लागेको हो। कार्यक्रममा जनयुद्धका पूर्व लडाकुहरुको समेत मार्चपास गराउने कार्यक्रम रहेको पार्टी स्रोतले बताएको छ।

जनयुद्ध दिवसकै दिन पारेर ओली पक्षले बुटवलमा देशभरीका पूर्व लडाकुहरुको भेला समेत आह्वान गरेको छ। कार्यक्रमका लागि १ हजार बढी स्वयंसेवकहरु खटाईएको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell