PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

बाबुरामलाई बदल्न काँग्रेस वरिष्ठ नेता पौडेलको सुझाव, 'इतिहासको गन्थनमात्र गरेर भएन'



बाबुरामलाई बदल्न काँग्रेस वरिष्ठ नेता पौडेलको सुझाव, 'इतिहासको गन्थनमात्र गरेर भएन'

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  नाफानोक्सानको राजनीतिले देशलाई अस्थिरतातर्फ लैजान लागेको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा बाबुराम भट्टराईद्वारा लिखित पुस्तक 'गुमनाम आमाहरुको कथा' विमोचन कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन्।

'पारदर्शी ढंगले देश चलाए सब ठीक हुन्छ,' पौडेलले भने, 'तर यहाँ यस्तो भइरहेको छैन। त्यसैले राष्ट्रमाथि नै अपराध हुन्छ कि भन्ने चिन्तामा छौं। नाफानोक्सानको हिसाब किताबबाट चल्नु भएन। साहानुभुसिल्ताको आवश्यकता छ।'

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको कदमबारे उनले सर्वोच्चले के गर्छ भनेर सबैको चासो रहेको बताए। उनले भने, 'अदालतले अन्त फैसला गर्ने त ठाउँ त छँदै छेन । तर ओलीकै पक्षमा गर्छ कि भन्ने आत्माविश्वासको संकट देखिएको छ।'
वरिष्ठ नेता पौडेलले आफ्नो आमा पनि गुमनाम रहेको उल्लेख गर्दै इतिहासको गन्थनमात्र नगरी बदल्नुपर्ने बाबुरामलाई सुझाव दिए। 'इतिहासको गन्थनमात्र गरेर भएन। बदल्नु पनि पर्‍यो,' उनले भने।

बाबुरामसँग जो पनि डराउने प्रसंग कोट्याउँदै पौडेलले भने, 'मेरो आमाले उहाँको साथीहरु घरमा जाँदा राजनीतिका लागि मेरो छोराले पनि पाउनु दु:ख पाएको थियो। तपाइसँग त जो पनि डराउँछ। तर मेरो छोरा सँग कोही डराउँदैन भन्नुहुन्थ्यो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell